टिपर दुर्घटनामा चालकको मृत्यु

0
257

सुशीला रेग्मी
असार२३,२०७८पाल्पाः पाल्पा बुटवल सडकखण्डको चरचरेमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । तिनाउ गाउँपालिका वडा नं ५ चरचरेबाट चुनढुङ्गा लोड गरी बुटवल तर्फ जाने क्रममा लु २ ख ८२० नम्वरको टिपर दुर्घटना भएको हो ।
दुर्घटनामा पूर्वखोला गाउँपालिका वडा नं. ५ बिरकोट निवासी २६ वर्षीय टिपर चालक सुदिप गैरेको मृत्यु भएको हो । दुर्घटनामा घाईते अवस्थामा रहेका गैरेलाई उपचारको लागी लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा पठाईएकोमा अस्पतालले मृत घोषणा गरेको हो ।
टिपर सडकबाट करिव तीन सय मिटर तल खोलामा खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरिक्षक रामेश्वर त्वातीले जानकारी दिए । दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

SHARE