म्याग्दीमा बाढीले घर बगाउँदा दुईजनाको मृत्यु

0
322

असार २३,२०७८म्याग्दी : म्याग्दीको मंगला गाउँपालिका ५ छिसवाङमा बाढीले घर बगाउँदा आज विहान दुई जनाको मृत्यु भएको छ।

मंगलबार राती परेको अविरल वर्षा सँगै घर छेवैको खहरेखोलामा ठूलो बाढी आएको थियो।

बाढीले थमबहादुर बुढाको घर बगाउँदा त्यहाँ पसल गरि बस्ने मालिका गाउँपालिका–६ रातोढुङ्गाका खगेन्द्र रोकाका छोरा बजिन र बुहारी बिनालाई बेपत्ता बनाएको थियो।

घटनास्थलमा रहेका मालिका गाउँपालिका–६ का वडा अध्यक्ष सन्तोष सुबेदीले बाढीले बगाएर बेपत्ता बनाएका दुबैको शव फेला परेको बताए।
इलाका प्रहरी कार्यालय दरबाङबाट खटिएका प्रहरी, मंगला र मालिका गाउँपालिकाका जनप्रतिनिधि र स्थानीयबासीहरु बेपत्ताको खोजीका साथै जोखिममा रहेका घरको ब्यवस्थापनमा परिचालन भएका छन्।
खहरेखोलाको बाढी पसेर मंगला गाउँपालिकाको छिसवाङ खरहेका अन्य घरहरुमा पनि क्षति पुगेको छ। इलाका प्रहरी कार्यालय दरबाङका प्रहरी निरिक्षक सन्तोष पौडेलले घटनास्थल पुगेर क्षतिको बिबरण संकलन, बेपत्ताको खोजी र जोखिमका घरधुरी ब्यवस्थापनमा जुटेको बताए।

SHARE