रुपन्देहीमा जारी निषेधाज्ञा असार ३१ सम्म थप, जोर विजोर प्रणाली कायमै

0
460

असार २१
रुपन्देही : रुपन्देहीमा जारी निषेधाज्ञा असार ३१ गते सम्म थप भएको छ। जोर(विजोर प्रणालीमा सार्वजनिक यातायात सञ्चालन हुन पाउने गरि जिल्ला प्रशासन कार्यालयले असार १५ गतेबाट निषेधाज्ञा थप खुकुलो बनाएको थियो ।

सोमबार बसेको जिल्ला स्तरिय कोभिड संकट व्यवस्थापन केन्द्र डीसीएमसीको बैठकले निषेधाज्ञा ३१ गतेसम्म जारी राख्ने निर्णय गरेको हो । २०७८ बैशाख १५ गतेको आदेशलाई असार २२ गते विहान ६ बजेदेखी असार ३१ गते राती १२ बजेसम्म निरन्तरता दिईएको प्रमुख जिल्ला अधिकारीद्वारा जारी आदेशमा उल्लेख छ ।

प्रशासनको यस रूपन्देहीमा सार्वजनिक तथा नीजि सवारी साधनमा लागू भएको जोर विजोर प्रणाली कायमै छ भने पसलहरु तथा व्यवसायहरु विहान ११ बजेबाट ६ बजेसम्म खुल्ने छन्।

SHARE