राम्चे सामुदायिक वनद्धारा उपभोक्तालाई फलफूलका विरुवा वितरण

0
805

असार१९,२०७८ पाल्पाः पाल्पाको रामपुर नगरपालिका वडा नं ५ स्थित राम्चे सामुदायिक वन समुहले उपभोक्तालाई फलफूलका विरुवा वितरण गरेको छ ।
वन समुहले भुक्षय तथा जलाधार व्यवस्थापन कार्यालय पाल्पाको सहयोगमा प्राप्त एक हजार दुई सय आँप, लिचि र कागतीका विरुवा तीन सय २१ घरधुरीका उपभोक्तालाई वितरण गरेको छ । शनिवार वन समुहको कार्यालयमा एक कार्यक्रमका बीच विरुवा वितरण गरिएको छ ।
वन समुहका अध्यक्ष दयाराम गैह«ेको अध्यक्षतामा एक कार्यक्रम गरी विरुवा वितरण गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि सामुदायिक वन महासंघका केन्द्रिय सदस्य कृष्णप्रसाद श्रेष्ठले वातावरण संरक्षण गर्न वन समुहले प्रत्येक उपभोक्तालाई विरुवा वितरण गरेको र अहिले फलफूल लगाउने कार्यमा उपभोक्ताको आकर्षण पनि बढ्दै गइरहेको बताउनुभएको छ । उपभोक्ता समुहका उपाध्यक्ष श्यामकुमार श्रेष्ठको स्वागतबाट सुरु भएको कार्यक्रमको संचालन सचिव राधिका भण्डारीले गरेकी थिइन् ।
भुक्षय जलाधार व्यवस्थापन कार्यालय पाल्पाबाट प्राप्त एक हजार दुई सय विरुवामध्ये कागती, आँप, लिचि गरी चार÷चार सय विरुवा प्रति उपभोक्तालाई एक÷एक वटा आँप, लिचि र कागती वितरण गरिएको छ । त्यस्तै रामपुर नगरपालिका वडा नं ८ स्थित रानीवन सामुदायिक वन समुहलाई एक सय विरुवा राम्चे सामुदायिक वनले उपलब्ध गराएको छ ।

SHARE