कृषक संग स्थानीय सरकार, रेसुङ्गाको वडा नम्बर ७ कृषिमा आत्म निर्भर हुदैँ

0
520
फाइल फोटो

सूर्य सुनार गुल्मी असार १८
गुल्मीका स्थानीय सरकारले अनुदानका कार्यक्रम अन्र्तगत धेरै जस्तो ५० देखी ७५ प्रतिशत सम्म आर्थिक सहयोगमा कृषकलाई अनुदानका कार्यक्रममा समावेश गराउदै आएका छन् । तर जिल्लाको रेसुङ्गा नगरपालिका ७ द्धारा कृषकलाई सिँचाई गर्नका लागि निशुल्क टयाङ्गकी वितरण गरेको छ ।
जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर ७ ले कृषि तथा पशु प्रर्वधन कार्यक्रम अन्र्तगत कृषकलाई पानी संकलन गर्ने ५ सय लिटरका टयाङ्गकी वितरण गरेको हो । वडा कार्यालयको ०७७÷०७८ को कृषि तथा पशु प्रर्वधन कार्यक्रममा रहेको ३ लाखको रकमबाट टयाङ्गकी वितरण गरिएको थियो । जसमा ६७ जना कृषकले पानी संकलन गर्ने टयाङ्गकी पाएका हुन् ।

रेसुङ्गा नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष मोहन प्रसाद पाण्डेले टयाङ्गकी पाएका कृषकलाई सही सदुपयोग गर्न आग्रह गर्नुभयो । कृषि तथा पशुपालन क्षेत्रमा वडालाई आत्म निर्भर बनाउन कृषकको महत्तपूर्ण भूमिका हुने उहाँले बताउनुभयो । टयाङ्गकी वितरण कार्यक्रममा समाबेश हुन नसकेका कृषकलाई आगमी कार्यक्रममा समाबेश गराइने उहाँको भनाइ छ । नाम अनुदान तर कृषकले पनि अनुदानमा रकम जम्मा गर्नुपर्ने जस्ता अनुदानका कार्यक्रममा कृषकले रकम जम्मा गरेको अवस्थामा रेसुङ्गा नगरपालिका वडा नम्बर ७ द्धारा कृषकलाई निशुल्क टयाङ्गकी वितरण गरिएको वडाध्यक्ष पाण्डेले दाबी गर्नुभयो ।
रेसुङ्गा नगरपालिका वडा नम्बर ७ का कृषकले वडा कार्यालयले विकासका काम संगै कृषक संग हातेमालो गरेर कृषकका समस्या समधान गर्न तर्फ लागेको कृषकको भनाइ छ । कृषि तथा पशुपालन क्षेत्रमा कृषकलाई पानीको समस्या हुने हुदाँ टयाङ्गकी निशुल्क वितरण गरेको प्रति कृषकलाई कृषि कर्म गर्न सहज हुने कृषकको तर्क छ ।
यस अगाडी पनि वडा कार्यालय द्धारा कृषकलाई बाख्रा वितरण गरिएको थियो । कार्यक्रममा वडाध्यक्ष कृषक जनप्रतिनिधि वडा सचिब पत्रकारको उपस्थित रहेको थियो । व्यवसायिक रुपमा कृषि कर्म गरिरहेका कृषकलाई अनुदानका कार्यक्रमले प्रोत्सान सहित आर्थिकको समस्या केही भएपनि सहजीकरण गरेको छ ।

SHARE