पाल्पामा जवरजस्तीकरणीको अरोपमा युवक प्रक्राउ

0
303

सुशीला रेग्मी
रामपुर (पाल्पा), १७ असार : पाल्पामा ७८ वर्षीय महिलालाई जवरजस्तीकरणी गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरिएको छ ।
जवरजस्तीकरणी गरेको आरोपमा रोल्पाको लुङग्री गाउँपालिका वडा नं ७ घर भई हाल पाल्पाको माथागढी गाउँपालिकामा कुलो निर्माण सम्बन्धी मजदुर काम गरी बस्ने १९ वर्षीय शंकर विकलाई बिहिवार प्रहरीले प्रक्राउ गरेको हो ।
विकले असार १६ गते दिउँसो २.३० बजेको समयमा बृद्धा महिलाको घरमा कोही कसै नभएको अवस्थामा मादक पदार्थ सेवन गरी जवरजस्ती करणी उद्योग गरेको भन्ने जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पाल्पाबाट प्रहरी निरिक्षक कमाण्डमा र प्रहरी चौकी माथा पाल्पाबाट प्रहरी सहायक निरिक्षकको कमाण्डमा टोलीले आरोपित विकलाई प्रक्राउ गरेको छ ।
घटनाबारे अनुसन्धान कार्य जारी रहेको छ । पिडितको उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरिक्षक लक्ष्मण पचभैयाले जानकारी दिए ।

SHARE