पाल्पा रामपुरमा किसानलाई उन्नत जातको रागो

0
351

असार १४
पाल्पा : युवालाई रोजगार बनाउने उदेश्यले उन्नत जातको रागो खरिद बापतको रकम रामपुर नगरपालिकाले हस्तान्तरण गरेको छ । मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम अन्तर्गत पहिलोपटक २ किसानलाई उक्त रकम हस्तान्तरण गरेको नगरपालिकाले जनाएको छ ।
उन्नत जातको रागोबाट उन्नत पाडापाडी जन्मिएर दूध तथा मासु उत्पादनमा राम्रो फाइदा लिन सकिने भएकोले किसानलाई उत्साही बनाउन सहुलियतका लागि रकम प्रदान गरेको हो ।
कृषिमा लगानीबाटै आर्थिक स्तर उन्नति गर्न सकिने भएकाले किसानलाई यो कार्यक्रम ल्याएको हो यसले रामपुर नगरपालिकाका नगरप्रमुख रमण बहादुर थापाले बताए ।
थापाले रामपुर नगरपालिका ८ का २ किसानलाई उन्नत रागो बीउ वापतको रकम प्रदान गरिएको हो । रामपुर ८ का दिल बहादुर चर्मकारलाई २४ हजार १ सय ७५ र ज्ञान बहादुर रामजालीलाई २४ हजार १ सय रुपयाको चेक हस्तान्तरण गरिएको हो ।
साथै, सोही अबसरमा नगरप्रमुख थापाले कोभिड बाट ज्यान गुमाएका परिवारलाई समेत नगद रकम प्रदान गरेका छन् । उनले कोभिडबाट मृत्यु भएका घरपरिवारलाई किरियाखर्च बापत केही सहयोग पुगोस् भनेर नगरपालिकाले घोषणा गरेको ३० हजार रुपैया रकम धनिमाया परियारलाई प्रदान गरेका हुन् ।

SHARE