रामपुरको दुई नम्वर वडा पूर्ण संस्थागत सुत्केरी घोषणा

0
270

सुशीला रेग्मी

रामपुर (पाल्पा), १४ असार :पाल्पाको रामपुर नगरपालिका वडा नम्वर २ लाई पुर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको छ । नगरपालिकामै पहिलो पटक २ नम्वर वडालाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको हो । साथै सोही अवसरमा बर्थिङ सेन्टरको पनि उद्घाटन भएको छ । वडा अध्यक्ष ताराबहादुर थापाको अध्यक्षतामा वडालाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको हो ।

स्वास्थ्य कार्यालयले गत दुई आर्थिक बर्षमा ६९ जना सुत्केरी भएको जनाएको छ भने जसमध्ये घरमा सुत्केरी हुने पाँच जना, २० बर्ष सम्मका नौ जना, २० देखि ३० बर्ष सम्मका ५१ र ३० भन्दा माथिका नौ जना रहेको गाडाँकोट स्वास्थ्य चौकीका प्रमुख मजिबुर रहमान सेखले जानकारी दिनुभएको छ । कार्यक्रममा ७८% गर्भवतीले प्रोटोगल अनुसार ४ पटक गर्भ परिक्षण गरेका छन् भने एक जनाले कुनै खालको परिक्षण नगरेको र सुत्केरी हुन पनि स्वास्थ्य संस्थामा नआएको जानकारी गराइएको छ । पुर्ण संस्थागत सुत्केरी वडा घोषणा कार्यक्रममा पाँच जना गर्भवतीलाई आइरन चक्की र एक क्यारेट अण्डा वितरण गरिएको छ ।

पूर्ण संस्थागत सुत्केरी वडा घोषणा कार्यक्रममा बोल्नुहुदै नगर प्रमुख रमणबहादुर थापाले बिषम परिस्थितिमा पनि अहोरात्र खटेर नागरिकको लागि काम गर्ने स्वास्थ्यकर्मीलाई धन्यवाद दिदै पुर्ण संस्थागत सुत्केरी घोषणा हुदै गर्दा अवसर संगै चुनौती थपिएको बताउनुभएको छ । उपप्रमुख बिष्णुदेवी घिमिरे आचार्यले स्वास्थ्यलाई प्राथमिकता दिएर नगरले काम गरिरहेको बताउनुभएको छ । प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले स्वास्थकर्मीहरु आफु र आफ्नो परिवारको ख्याल गर्दै नागरिकको ज्यान बचाउन दौडधुप गरिरहेको बताउनुभयो ।

कार्यक्रममा वडा नं १ का वडा अध्यक्ष मित्रलाल कंडेल, समाजसेवी बोमबहादुर रामजाली लगायतले बोल्दै शुभकामना दिनुभएको छ ।जीवन दर्शन पोखरेलले स्वागत गर्नुभएको कार्यक्रमको संचालन गाडाँकोट स्वास्थ चौकीका प्रमुख मजिबुर रहमान सेखले गर्नु भएको हो ।

SHARE