युथ युनियन क्लब मटेरीद्धारा रामपुरमा रक्तदान

0
303

सुशीला रेग्मी
असार १२,२०७८ पाल्पाः
युथ युनियन क्लब मटेरीद्धारा पाल्पाको रामपुरमा रक्तदान कार्यक्रम भएको छ ।
नेपाल स्वंयम्सेवी रक्तदान दाता समाज रुपन्देही जिल्ला शाखाको समन्वयमा बृहत् रक्तदान कार्यक्रममा उत्साहजनक सहभागीता रहेको थियो ।
शनिवार रामपुर मटेरीमा भएको रक्तदान कार्यक्रममा ६५ जनाले रक्तदान गरेका छन् । रामपुरमा संकलन भएको रगत लुम्बिनी मेडिकल कलेज प्रभास तानसेन पठाइएको छ । क्लबले कोभिड १९ को संक्रमणको समयमा कसैलाई पनि रगत अभावका कारण ज्यान गुमाउनुपर्ने बाध्यता नआओस् भनेर रक्तदान गरिएको युथ युनियन मटेरीले जनाएको छ ।
क्लबका अध्यक्ष भिमबहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापाले रचनात्मक कार्यक्रम गर्ने युवाहरुलाई धन्यवाद दिए ।
उनले रामपुरमा ब्लडबैंकको स्थापना गर्नु अत्यन्त आवश्यक रहेकोमा जोड दिदै यसरी सिर्जनशिल र रचनात्मक काम गर्नेहरुलाई नगरपालिका सधैं सहयोग गर्न तत्पर रहेको जानकारी दिए । उपप्रमुख विष्णुदेवी घिमिरे आचार्य, रामपुर नगरपालिका वडा नम्वर ५ का वडाअध्यक्ष हिमाल मल्लले समय बुझेर युवाहरुले गरेको काम प्रशंसायोग्य रहेको बताए ।
कार्यक्रमको संचालन युथ युनियन मटेरीका सचिव दिपेन्द्र भट्टराईले गरेका थिए । सचिव भट्टराईले शहर केन्द्रित कार्यक्रमलाई गाउँसम्म ल्याइएको जानकारी दिदै कोभिड–१९ को जोखिमको समयमा कतिपय नागरिक रगत अभाव भएर ज्यान समेत गएको खवर सुनेकोले यस्तो दुखद अवस्थाको सिर्जना नहोस्, भनेर युथ युनियनले नगरपालिकासँग मिलेर स्वंयम्सेवी रक्तदानदाता समाज रुपन्देही शाखाको समन्वय र लुम्बिनी मेडिकल कलेज र रामपुर अस्पतालको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरेको बताए ।

SHARE