असार१२,०७८गुल्मीः गुल्मीको मालिका गाउँपालिकाको वडा नम्बर (५ छापहिलेले बेरोजगार तथा कुखुरा पाल्न चाहने वडावासीलाई नि स्शुल्क चल्ला सहित दाना र औषधि वितरण गरेको छ ।
वडा विकास योजना अन्तर्गत बेरोजगार युवाहरुलाई छनोट गरी प्रतिव्यक्ति ५० वटा स्थानीय जातका चल्ला ,एक बोरा दाना र आवश्यक औषधि वितरण गरिएको वडा अध्यक्ष श्यामलाल गिरीले जानकारी दिए । यस कार्यक्रम बाट छापहिलेका २५ जना बेरोजगार युवा तथा कुखुरा पाल्न चाहने किसानलाई समेटीएको वडाले जनाएको छ ।
विशेष गरी कोभिड १९ तथा अन्य विविध कारणले रोजगार गुमाएका युवाहरूलाई प्राथमिकता दिएर चल्ला वितरण गरिएको वडा अध्यक्ष गिरीले उल्लेख गरे ।
२५ जना युवाहरुलाई चल्ला ,औषधि र दाना गरी २० हजार बराबरको सहुलियत प्रदान गरिएको बताईएको छ । ।