गुल्मीमा जिप दुर्घटना ,आठ जना घाइते, चालक गम्भीर घाइते

0
336

असार९,२०७८ गुल्मीःगुल्मीमा जिप दुर्घटना हुँदा आठ जना घाइते भएका छन् ।
जिल्लाको सत्यवती गाउँपालिका वडा नम्वर ६ खैरेनीबाट जोहाङ तर्फ जाँदै गरेको लु २ च ३९६० नम्वरको जिप मसानेको उकालो बाटोमा एक्कासी ब्याक हुँदा जिपका चालक सत्यवती गाउँपालिका ६ का ३३ बर्षका रणबहादुर गैरे गम्भीर घाइते भएका छन् । उनको शरिरका बिभिन्न भागहरुमा चोट लागेकाले थप उपचारका लागि पाल्पा पठाइएको छ ।
यस्तै सोही वडाका ६० बर्षका तुल्सीराम ढकाल,२६ बर्षकी आसा बिक,७५ बर्षका जगन्नाथ ढकाल,३ बर्षको बिजय भण्डारी,२६ बर्षकी निर्मला भण्डारी,६२ बर्षका टोपराज ढकाल र २४ बर्षका राजु ढकाल घाइते भएका छन् । उनीहरुको जोहाङ स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्याय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए ।

SHARE