रामपुरमा विपन्नलाई खाद्यन्न सहयोग

0
256

सुशीला रेग्मी
रामपुर (पाल्पा), ६ असार :रामपुर युवाक्लबले विपन्न समुदायका नागरिकलाई खाद्यन्न सहयोग गरेको छ ।
ट्राभल डेन्टिस्टरी नेपाल तथा होराईभजन डेण्टल क्लिनिक रामपुरको सहकार्यमा क्लबले रामपुर नगरपालिका वडा नं ८ का सात विपन्न घरपरिवारलाई खाद्यान्न सामग्री सहयोग गरेको हो । रामपुर युवा क्लबका अध्यक्ष छमबहादुर दरैको संयोजकत्वमा क्लबका पदाधिकारीको उपस्थितीमा विपन्न परिवारलाई घरमै पुगेर चामल, दाल, खानेतेल, नुन लगायतका खाद्य सामग्री वितरण गरिएको क्लबका सचिव सुन्दर कंडेलले जानकारी दिए ।
कोभिड १९ को दोस्रो लहरले दैनिक ज्याला, मजदुरी गरेर बिहान साँभmको गुजारा चलाउने विपन्न परिवार समस्यामा परेको देखेपछि बिहान साँझका लागि राहतस्वरुप खाद्यन्नका सामग्री सहयोग गरेको ट्राभल डेन्टिस्टरी नेपालका अध्यक्ष तथा होराईभजन डेण्टल क्लिनिक रामपुरका संचालक डाक्टर शंकर श्रेष्ठले बताए ।
कोरोनाको महामारीमा दैनिक गुजारा चलाउन समस्यामा परेका नागरिक घरमै आएर क्लबले खाद्यान्न सामग्री सहयोग गरेपछि खुशी भएका छन् । साथै यस संस्थाले आपतविपतमा परेका नागरिकलाई विभिन्न सहयोग गर्दै आइरहेको छ ।

SHARE