किसानलाई उन्नत जातको लैनो भैंसी वितरण

0
691
फाइल फोटो

असार६,२०७८पाल्पा :रिब्दीकोट गाउँपालिका–३ खस्यौलीका किसानलाई लैनो भैसी वितरण गरिएको छ। पाँचजना किसानलाई लैनो भैंसी र पाँचजनालाई पाडी वितरण गरिएको वडाध्यक्ष विष्णुप्रसाद खनालले जानकारी दिए।

मुर्रा र हरियाणा जातका भैंसी र पाडी वितरण गरिएको खनालले बताए। वडाको ३० हजार रुपैयाँ अनुदानमा वितरण गरिएको हो। किसानले यी भैंसी कम्तीमा तीन वर्ष आफ्नै गोठमा पाल्नु पर्ने छ। वितरण गरिएका भैसीले दैनिक कम्तीमा आठ लिटर दुध दिन्छ।

SHARE