सिद्धार्थ राजमार्ग एकतर्फी सुचारु

0
308

असार ०३
पाल्पा : सिद्धार्थ राजमार्ग खुलेको छ। पाल्पास्थित सिद्धार्थ राजमार्ग ३ दिनदेखि पहिरोले बन्द थियो। बिहीबार दिउँसो करिब ३ बजेदेखि राजमार्ग एकतर्फी सुचारु भएको हो। सडक एकतर्फी सुचारु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले बताए।

बिहानदेखिको निरन्तर प्रयासपछि सुचारु भएको हो। राजमार्ग सुचारु भएपछि तीन दिनदेखि रोकिएका सवारी साधन गन्तव्यतर्फ जान पाएका छन्। स्काभेटरको सहायताले पहिरो पन्छाउने काम गरिएको थियो।

लगतार चार दिनसम्म परेको अविरल वर्षासँगै झरेका पहिरोले राजमार्ग अवरुद्ध भएको हो। सिद्धार्थ राजमार्गअन्तर्गत तानसेन नगरपालिका–८ गौडेभीरमा तलबाट सडक नै पहिरोले बगाएको छ। डुम्रे खोलाको बहाबले करिब १ सय मिटर राजमार्ग कटान गरेको त्वातीले बताए। उनका अनुसार दुईतर्फी सुचारु हुन भने तत्काल सम्भव छैन। दुइतर्फी सञ्‍चालनको लागि राजमार्गको नयाँ ट्रयाक खन्नुपर्ने अवस्था रहेको उनको भनाइ छ।

SHARE