पाल्पामा पहिरोले सिद्धार्थ राजमार्गसहित अधिकांश सडक बन्द

0
244
फाइल फोटो

असार२,२०७८पाल्पा :पाल्पास्थित सिद्धार्थ राजमार्गसहित सबै मुख्य सडक अवरुद्ध भएका छन्। चार दिनदेखि परेको अविरल वर्षासँगै झरेका पहिरोले राजमार्ग र सडक अवरुद्ध भएका हुन्।

अधिकांश सडक मंगलबारदेखि नै अवरुद्ध छन्। निरन्तर वर्षा भइरहेकाले सडक सञ्चालन गर्न कठिन भइरहेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले बताए। जिल्लाबाट बाहिर जाने सबै सडक अवरुद्ध छन्। पहिरो पन्छाउने कार्य अहिले पनि जारी छ। पहिरोले राजमार्ग तथा सडक अवरुद्ध भएका ठाउँमा सम्बन्धित ठाउँका प्रहरी परिचालन गरेको त्वातीले बताए।

सिद्धार्थ राजमार्गअन्तर्गत तानसेन नगरपालिका–८ गौडेभीरमा तलबाट सडक नै पहिराले बगाएको छ। खोलाको बहाबले करिब १०० मिटर राजमार्ग कटान गरेको घटनास्थल पुगेका प्रभास प्रहरी चौकीका प्रमुख प्रहरी नायब निरीक्षक भरत थापा क्षेत्रीले बताए। उनका अनुसार अब राजमार्गको नयाँ ट्रयाक नै खोल्नु पर्ने अवस्था छ। मंगलबार दिउँसो साढे तीन बजेदेखि राजमार्ग अवरुद्ध भएको हो।

SHARE