पाल्पामा पहिराले पुरिएर एक जनाको मृत्यु

0
338
फाइल फोटो

असार १,२०७८पाल्पा : पाल्पामा अविरल वर्षासँगै आएको पहिराले पुरिएर मंगलबार एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा रिब्दीकोट गाउँपालिका(४ भैरबस्थानस्थित मन्छिपका १९ वर्षीय मदन भट्टराई रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले बताए।

बेलुकी सात बजे उनी पुरिएका थिए। उद्धार गरेर उपचारका लागि पाल्पा अस्पताल ल्याउँदा राति पौने ९ बजे चिकित्सकले मृत घोषणा गरेका त्वातीले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पाल्पामा तीन दिनदेखि लगातार वर्षा भइरहेको छ।

SHARE