हेफरद्वारा गुल्मीका ६ स्थानीय तहलाई ८० लाख प्रदान

0
296

टोपलाल अर्याल
१ असार :हेफर इन्टरनेशनल नेपालले गुल्मी जिल्लाका ६ स्थानीय तहलाई ८० लाख सहयोग गरेको छ ।
हेफर कार्यक्रम संचालन भएका रेसुङा र मुसिकोट नगरपालिका तथा इस्मा, धुर्कोट, मदाने र मालिका गाउँपालिकालाई सहयोग गरिएको हो । रेसुङा नगरलाई ५ लाख र अरु स्थानीय तहलाई १५/१५ लाख सहयोग गरिएको एकीकृत ग्रामीण विकास समाज गुल्मीका अध्यक्ष हिरा अर्यालले जानकारी दिए ।
हेफरका कार्यक्रम प्रबन्धक अनन्त सिलवालले आफुहरुले आय-आर्जन र सशक्तीकरणको क्षेत्रमा काम गर्ने भएकाले कोभिडले त्यही समुदाय चपेटामा परिरहेका बेला सानो सहयोग र सहकार्य अगाडि बढाएको बताए ।
कार्यक्रमका प्रमुख अतिथि रेसुङा नगरपालिका प्रमुख डिल्लीराज भुसालले हेफरले गाउँगाउका महिलाहरुको आर्थिक समृद्धिका लागि गरेको योगदान निकै महत्त्वपूर्ण रहेको बताए । उनले नगरले पनि कृषि र पशुपालनको क्षेत्रमा बजेट बिनियोजन गरिरहेको सन्दर्भमा हेफरको साझेदारीले थप उर्जा प्रदान गरेको बताए । जिल्लामा हेफर परियोजनासंग एकीकृत ग्रामीण विकास समाज, नवप्रभात युवा सघ, सिजृनसिल सामुदायिक विकास केन्द्र, सामाजिक जागरण तथा विकास अभियान र जनविकास केन्द्रले गाउँ-गाउँमा कृषि र पशुपालनका काम गरेका छन । मदाने गाउँपालिका प्रमुख दानबहादुर केसिले हेफरले गरिबी निवारणसंगै बिपदमा पनि देखाएको सद्भभावप्रती आभार प्रकट गरे ।
त्यस्तै इस्मा गाउँपालिका प्रमुख लक्ष्मण बिष्टले हेफरले गरेको सहयोग कोभिड १९ को नियन्त्रण र उपचारको लागि कोभिड अस्पतालमा खर्च गरिने बताए । मालिका गाउँपालिका प्रमुख रित बहादुर थापाले आफ्नो बिकट गाउँमा हेफर परियोजना मार्फत आयआर्जनसंगै ठुलो टेवा पुगेको स्मरण गर्दै पुन कोभिड महामारीमा प्राप्त सहयोग निकै महत्त्वपूर्ण रहेको बताए ।

SHARE