पाल्पामा कोरोना संक्रमितको मृत्यु

0
250

असार१,२०७८पाल्पा :पाल्पामा कोरोना संक्रमित थप एक महिलाको मृत्यु भएको छ। तानसेन नगरपालिका–१ भुसलडाँडाकी ३६ वर्षीय महिलाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारको क्रममा सोमबार राति पौने तीन बजे मृत्यु भएको हो।

अस्पतालका प्रवक्ता कृष्णप्रसाद पराजुलीका अनुसार ती महिलालाई श्वासप्रश्वासको समस्या आएपछि पाँच दिनअघि युनाइटेड मिसन अस्पतालमा भर्ना गरिएको थियो। अक्सिजनको मात्रा कम भएपछि उनलाई थप उपचारका लागि गत आइतबार लुम्बिनी मेडिकल कलेजमा रेफर गरिएको थियो। भेण्टिलेटरमा राखेर ती महिलाको उपचार भइरहेको थियो।

SHARE