गोर्खा वेल्फेयर ट्रस्टद्धारा गुल्मी अस्पताललाई करिब बाह्र लाखको स्वास्थ्य सामग्री

0
489

असार१,२०७८ गुल्मीःगोर्खा वेल्फेयर ट्रस्टले गुल्मी अस्पताललाई करिब बाह्र लाखको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
कोरोना माहामारीको समयमा उपचार तथा रोकथामका लागी सहज होस भनेर आफूहरुले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको ट्रस्ट गुल्मीका प्रमुख गमबहादुर थापाले जानकारी दिए ।
ट्रस्टले चार थान अक्सिजन कन्सन्ट्रेटर,३० थान अक्सिमिटर, ३०० थान पीपीई, एक हजार थान सर्जिकल मास्क,८० थान के एन नाइटीफाइव मास्क, डिस्पोजल ग्लोब्स एक हजार थान,मेडिकल ग्राउन ५० थान,थर्मल गन २ थान ,स्यानीटाइजर,गमबुट, सुज कभर,हेन्ड क्याप,डस्विन, सेफटी जकेट,पोस्टर लगायतका स्वास्थ्य सामग्रीहरु अस्पताललाई हस्तान्तरण गरिएको हो ।
स्वास्थ्य सामग्री ग्रहण गर्दै अस्पतालका प्रमुख डाक्टर उत्तम पच्याले प्राप्त सामग्रीले कोरोना रोकथाम तथा उपचारमा थप सहजता हुने बताए । अस्पताललाई स्वास्थ्य सामग्री प्रदान गरेकोमा उनले ट्रस्टलाई धन्यबाद ब्यक्त गरे ।

SHARE