पाल्पामा निषेधाज्ञा असार १२ सम्म लम्बियो

0
53

सुशीला रेग्मी
रामपुर (पाल्पा), ३१ जेठ : पाल्पा जिल्लामा निषेधाज्ञा असार १२ गते सम्म लम्बिएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन समितिको सोमवार बसेको बैठकको निर्णय अनुसार गत वैशाख १७ गतेदेखि जारी निषेधाज्ञा पाल्पामा चौथो पटक थप गरिएको छ ।
पाल्पाका प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेयले केही सीमित क्षेत्र खुकुलो बनाउँदै असार १२ गते राती १२ वजेसम्मको लागि निषेधाज्ञा थप गरिएको बताउनुभयो । कोरोनाको जोखिम कायमै रहेकाले सोमवार सम्म जारी निषेधाज्ञालाई थप गरी असार १२ सम्म पु¥याइएको छ ।
जारी निषेधाज्ञाको समय थप भएपनि केही अत्यावश्यक सामग्रीको बिक्री, तरकारी, खाद्यान्न लगायतका पसलहरु विहान १० वजेसम्म खुल्दै आएकोमा एक घण्टा थप गरी ११ वजेसम्म खुलाइने भएको छ ।
बैंक तथा वित्तिय संस्था विहान ७ वजेबाट ११ वजेसम्म खुल्ने भएका छन् । अत्यावश्यक सेवाका कार्यालय र सवारी साधनहरु संचालन हुनेछन् । सार्वजनिक यातायात र अन्य पसलहरु भने बन्द नै रहने भएको छ ।
शैक्षिक सत्र सुरुवात भएकाले पाठ्यपुस्तक बिक्रीमा सहजिकरणका लागि पुस्तक पसलहरु समेत विहान ११ वजेसम्म खुल्ने भएका छन् । पाल्पामा सात सय ५६ जना कोरोनाका सक्रिय सङ्क्रमितहरु आइसोलेशनमा रहेका छन् ।

SHARE