रामपुरको बेझाड खेतमा सूर्यमुखी फूल फस्टाउँदै

0
344

सुशीला रेग्मी

जेठ३०,२०७८पाल्पाः रामपुर नगरपालिकामा लगाइएको सूर्यमुखी फूल फस्टाउँदै गएको छ । सूर्यमुखी फूल फूल्न थालेपछि अहिले अवलोकन गर्न जानेको चहलपहल बढ्दो छ । सूर्यमुखी पकेट क्षेत्र रहेको रामपुर नगरपालिका वडा नं ५ बेझाड खेतमा जनप्रतिनिधि, कृषि प्राबिधिक लगायतको टोलीद्धारा अनुगमन गरिएको छ ।
वडा अध्यक्ष हिमाल मल्लको नेतृत्वमा रामपुर नगरपालिका कृषि शाखा प्रमुख रामहरी पाण्डेय, वडा सदस्यहरु सावित्रा गौतम, माया नेपाली, काशिनाथ रेग्मी, विष्णुप्रसाद बस्याल, कृषक लगायतको टोलीले अनुगमन गरेको हो । तेलहन बाली उत्पादनलाई जोड दिदै वडाले यसैवर्ष देखि सूर्यमुखीको व्यवसायिक खेती सुरु गरेको हो । सूर्यमुखी खेती गर्न कृषकलाई अनुदानमा वीउ उपलब्ध गराइएको छ ।

कृषि शाखा प्रमुख रामहरी पाण्डेयले परीक्षणका रुपमा लगाइएको सूर्यमुखी राम्रो भएको बताउँदै रोग किरा, उपचार बिधि सम्बन्धमा कृषकलाई जानकारी गराए । रामपुरमा तेलजन्य पदार्थ उत्पादन बढाउन वडा नं ५ ले कोइलीटारीमा तोरी खेती र बेझाड खेतमा पकेट कार्यक्रम अन्र्तगत सूर्यमुखी खेती गरेको वडा अध्यक्ष हिमाल मल्लले बताए।
कृषि ज्ञानकेन्द्र पाल्पाको ६ लाख अनुदान सहयोगमा करिव दुई सय रोपनी क्षेत्रफलमा सूर्यमुखी खेती गरिएको समुहका अध्यक्ष बलबहादुर रानाले जानकारी दिए । बेझाड खेतमा लगाइएको सूर्यमुखी यतिखेर ढकमक्क फुल्न थालेको छ । सूर्यमुखी फुलमा बसेर फोटो खिचाउने, टिकटक बनाउनेको अहिले चहलपहल देख्न सकिन्छ ।

SHARE