जेठ२६,२०७८ गुल्मीः नेपाल रेडक्रस सोसाइटी धुर्कोट गाउँपालिका उपशाखा वस्तुद्धारा गुल्मीको धुर्कोट गाउँपालिका भित्रका ९ वटा स्वास्थ्य सँस्थालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।
बुधबार नेपाल रेडक्रस सोसाइटी धुर्कोट गाउँपालिका उपशाखाका कोषाध्यक्ष राजन पोख्रेलले स्वास्थ्य सँस्थाका प्रमुखहरुलाई ९ थान स्टेचर, ९ सय थान सर्जिकल मास्क र वस्तु स्वास्थ्य चौकिलाई १ थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरे ।
स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै कोषाध्यक्ष पोख्रेलले कोरोना महामारी नियन्त्रणमा गाउँपालिका सँग समन्वय गरी सँस्थाले आफु सक्दो सानो सहयोग गरेको र आगामि दिनहरुमा पनि सहयोग गर्ने बताए।
त्यस्तै गाउँपालिकाले यस विषम परिस्थितिमा धुर्कोट गाउँपालिका सँग हातेमालो गर्दै नेपाल रेडक्रस सोसाइटी धुर्कोट गाउँपालिका उपशाखा वस्तुले धुर्कोट गाउँपालिका अन्तर्गतका विभिन्न स्वास्थ्य सँस्थाको लागि स्वास्थ्य सामाग्री प्रदान गरेकोमा धन्यावाद ज्ञापन गरेको विज्ञप्ति मार्फत जनाएको छ ।