रामपुर अस्पताललाई अक्सिजन कन्सन्टेटर सहयोग

0
274

सुशीला रेग्मी
रामपुर (पाल्पा), २५ जेठ :रामपुर अस्पताललाई दुई वटा अक्सिजन कन्सन्टेटर सहयोग प्राप्त भएको छ । टेक्सास नेप्लिज मेडिकल एशोसिएसन अमेरिकाबाट प्राप्त दुई वटा अक्सिजन कन्सन्टेटर रामपुर अस्पताल विकास समितिका अध्यक्ष बासुदेव भट्टराई, निमिक्त मेडिकल सुपरीटेण्डेन डाक्टर विजय परियारलाई स्वास्थ्य कार्यालय पाल्पाका सुचना अधिकारी ओमप्रकाश पन्थी सहितको टोलीद्धारा हस्तान्तरण गरिएको छ ।
कोरोनाको कहर बढ्दो रहेको अवस्थामा अक्सिजनको अभाव भएकाले त्यसको परिपूर्ति गर्न अक्सिजन कन्सन्टेटर सहयोग हुने र कोरोनाको विषम परिस्थितीमा स्वास्थ्य सामग्री सहयोग गरेकोमा सहयोगीदातालाई निमिक्त मेडिकल सुपरीटेण्डेन डाक्टर विजय परियारले धन्यवाद दिनुभएको छ । अस्पताल विकास समितिका अध्यक्ष बासुदेव भट्टराईले यस अस्पतालाई विभिन्न संघ संस्था, व्यक्तिबाट स्वास्थ्य सामग्री सहयोग प्राप्त भइरहेकाले उपचारमा सहजता मिलेको बताउनुभएको छ ।
स्वास्थ्य कार्यालयको आग्रहलाई स्वीकार गरेर अमेरिकामा बसोबास गर्नुहुने नेपालीको सहयोगमा पाल्पाका दुई अस्पताल पाल्पा अस्पताल र रामपुर अस्पताललाई दुई÷दुई वटा कन्सन्टेटर सहयोग गरेको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो । पाल्पामा कोरोना सङ्क्रमितको उपचारमा अक्सिजनको कमी रहेको अवस्थामा धेरै समस्या रहेको बताउँनुहुदै यस सामग्रीले उपचारमा धेरै राहत मिल्ने बताउनुभएको छ ।
पाल्पाको मदनपोखरा स्थायी घर भई हाल अमेरिकामा संचालित टेक्सास नेप्लिज मेडिकल एशोसिएसन संस्थाका डाक्टर सन्दिप पाण्डेयको पहलमा संस्थामा आबद्ध व्यक्तिको सहयोगमा पाल्पा सहित नेपालका विभिन्न जिल्लामा पनि पठाइएको छ । त्यसैगरी पाल्पा अस्पताललाई पनि दुई वटा अक्सिजन कन्सन्टेटर हस्तान्तरण गरिएको छ ।

SHARE