रत्नबहादुर तामाङले आइसोलेशनमै गरे आत्महत्या

0
346

जेठ२०,२०७८सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको जुगल गाउँपालिका ५ स्थित रत्नराज्य माध्यमिक विद्यालयमा सञ्चालित आईसोलेशनमा रहेका एक व्यक्तिले आत्महत्या गरेका छन्।

कोरोना पुष्टि भई सामान्य स्वास्थ अवस्था भएका ती व्यक्तिले आइसोलेशन भवनको तेस्रो तल्लाबाट हाम फालेर आत्महत्या गरेका हुन्। जिल्लाकै बलेफी गाँउपालिका ६ का ५३ वर्षीय रत्नबहादुर तामाङले आइसोलेशन भवनको तेस्रो तल्लाबाट हाम फालेर आत्महत्या प्रयास गरेको आइसोलेशन व्यवस्थापन समितिका संयोजक पुष्पराज तिमल्सिनाले बताए।

गत जेठ १७ गतेदेखि केन्द्रमा रहेका तामाङले आज राति करिब १ बजे भवनको तेस्रो तल्लाबाट हाम फालेका र केन्द्रमा रहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले उद्दार गरि उपचारको लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको तिमल्सिनाले बताए।

सामान्य अवस्थामा उपचाररत तामाङले रातको समयमा झ्यालबाट हाम फाली आत्महत्या प्रयास गरेको र उपचारको लागि लैजादै गर्दा बाटोमै मृत्यु भएको जुगल गाउँपालिकाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

SHARE