जेठ१६,२०७८गुल्मीः जिल्ला प्रशासन कार्यालय गुल्मीले फ्रन्ट लाइनमा रहेर काम गर्ने सुरक्षा निकाय सहित पत्रकारलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
आइतबार जिल्ला प्रशासन कार्यालय गुल्मीमा प्रमुख जिल्ला अधिकारी रुद्रादेबी शर्माले जिल्लाका चारवटा सुरक्षा निकाय र पत्रकारलाई मास्क ,स्यानीटाइजर,फेससिल र ग्लोब्स हस्तान्तरण गरेकी हुन् ।
माहामारीको समयमा फ्रन्ट लाइनमा रहेर काम गर्ने सुरक्षा निकाय सहित पत्रकारहरु जोखीममा रहने भएकाले स्वास्थ्य सामग्री प्रदान गरिएको प्रमुख जिल्ला अधिककारी शर्माले बताइन् ।
यो स्वास्थ्य सामग्री प्रयाप्त नभएको भन्दै शर्माले सानो भए पनि सहयोग गरौँ भनेर प्रशासनले प्रदान गरेको बताइन् ।
कोभिड नियन्त्रणका लागि निषेधाज्ञाको पुर्ण रुपमा पालना गर्नमा सबैले सहयोग गरेको भन्दै माहामारीका बिरुद्ध सबै एक जुट भएर लाग्न आग्रह गरिन् ।
यस्तै गुल्मी जिल्लाका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक गोपाल चन्द्र भट्टराइले प्रशासनले प्रदान गरेको स्वास्थ्य समग्रीले फ्रन्टलाइनमा रहेर काम गर्ने सुरक्षा निकायलाई ठुलो सहयोग मिलेको बताए ।
यता नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्यालले प्राप्त स्वास्थ्य सामग्रीले फ्रन्ट लाइनमा रहेर काम गर्ने पत्रकारलाई सहयोग मिलेको बताए ।उनले कोरोना नियन्त्रणका लागि प्रशासन,सुरक्षा निकायहरुसंगै पत्रकारहरु पनि साथमै रहेको बताए ।