गुल्मीमा निषेधाज्ञाको समय जेठ २४ सम्म थप

0
403
जिल्ल प्रशासन कार्यालय गुल्मीको तस्बिर : तिलाचन पाण्डे

जेठ१४,२०७८गुल्मीः गुल्मीमा निषेधाज्ञाको समय जेठ २४ गतेसम्म थप गरिएको छ ।
जिल्ला कोभिड ब्यबस्थापन समितिको बैठकले जेठ २४ गते राती १२ बजेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भण्डारीले जानकारी दिए । यस अगाडी थप गरिएको निषेधाज्ञाको समय जेठ १५ गते (भोली) राती १२ बजे सकिदैछ ।
थप गरिएको निषेधाज्ञालाई कडाइका साथ लागु गरिने जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ । जिल्लामा अत्यावश्यक सेवा बाहेक अन्य सबै सेवाहरु बन्द रहनेछन् । निषेधाज्ञाको कसैले अबज्ञा गरे कानुन अनुसारको कारवाही गर्ने प्रशासनले चेतावनी दिएको छ ।
जिल्लामा अहिले सक्रिय संक्रमितको संख्या ६९६ रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । संक्रमणका कारण जिल्लामा७५ जनाको मृत्यु भइसकेको छ । जिल्लामा हालसम्म एक हजार २५८जना संक्रमित निको भएको कार्यालयले जनाएको छ ।

SHARE