रामकृष्ण कडेल
जेठ १३, गुल्मी : गुल्मीदरबार गाउपालिकालाई सामाजिक अभियन्ता कृष्ण भुसालले काठमाडौं बाट गाउँपालिकामा महामारिबाट बच्न बचाउन भन्दै स्वास्थ सामाग्री पठाउनु भएको छ ।
भुसालले पठाउनु भएका स्वास्थ सामाग्रीहरु वडा नं. ४ का वडाध्यक्ष खुमबहादुर पल्ली, समाजसेवी कृष्ण खनाल, सुशिला पुन मार्फत गाउँपालिकामा हस्तान्तरण गरिएको हो । गाउँपालिकामा कोभिड संक्रमण रोकथामको लागि प्राप्त सामग्रीहरूले ठूलो सहयोग मिल्ने हुँदा गाउँपालिका परिवारले अभियानता भुसाललाई धन्यवाद दियका थिए । स्वास्थ्य सामाग्री अक्सिमिटर ८ थान माक्स १०००थान , सेनिटाइजर १५ लिटर , डिस्पोजेबल PPE ८ थान रहेको थियो।
कार्यक्रममा उपस्थित ब्याक्तीहरुलेबआ आफ्नो ठाँउबाट सानोतिनो सामाग्री सबै तिर सहयोग पठाउन सकेमा पालिका भित्र स्वास्थ सामाग्रीको अभाव नहुने बताउनु भएको थियो । हस्तान्तरण कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत लक्षमण पाण्डेले स्वास्थ्यसामाग्री पठाउनु भएकोमा धन्यवाद ब्यक्त्त गर्नुभएको थियो ।
स्वास्थ्य अधिकृत नारायण प्रसाद अर्यालले स्वास्थ्य सेवा प्रवाहमा थप सहजता हुने बताउनु भएको थियो । स्मरण रहोस भुषाल गत स्थानिय निर्वाचनमा गाउपालिकाको अध्यक्ष पदमा नेकपा एमाले बाट अध्यक्ष पदका उमेदवार हुनुहुन्छ ।