जेठ१२,०७८ गुल्मीःडाँफे फाउन्डेसनको सहयोगमा नेपाल क्रिटिकल केयर डेभलप्मेन्ट फाउन्डेसनद्धारा गुल्मी अस्पताललाई तीन थान अक्सिजन कन्सन्टेटर हस्तान्तरण गरिएको छ ।
नेपाल पकार महासंघ गुल्मीले सामाजिक संजाल मार्फत अक्सिन अभियान चलाइरहेको सन्र्दभमा जिल्लामा के गर्न सकिन्छ भनेर अमेरिकामा रहने डाक्टर दिपेन कडारिया र नेपाल क्रिटिकल केयरका डाक्टरहरुसंग डाक्टर लक्ष्मण भुसालले समन्वय गर्दै आएका थिए ।
बुधबार एक कार्यक्रमका बिच गुल्मी अस्पतालका डाक्टर उत्तम पच्यालाई हस्तान्तरण गरिएको हो । हस्तान्तरण कार्यक्रममा रेसुंगा नगरपालिकाका मेयर डिल्लीराज भुसाल , उपप्रमुख सीता भण्डारी,प्रमुख जिल्ला अधिकारी रुद्रादेबी शर्मा, समन्वय गर्ने डाक्टर लक्ष्मण भुसाल ,पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्याल लगायतको उपस्थिती रहेको थियो ।
अक्सिजन कन्सन्टेटर उपलब्ध गराइदिएकोमा डाँफे फाउन्डेजनका अमेरिकामा रहने डाक्टर दिपेन कडारिया , नेपाल क्रिटिकल केयर फाउन्डेसनका पदाधिकरी संगै समन्वय गर्ने डाक्टर लक्ष्मण भुसाललाई नगरप्रमुख ,उपप्रमुख ,प्रमुख जिल्ला अधिकारी ,अस्पतालका प्रमुख डाक्टर उत्तम पच्या र पत्रकार महासंघ गुल्मीका अध्यक्ष अर्यालले धन्यबाद ब्यक्त गरे ।