अक्सिजन प्लान्ट अभियानमा गुल्मी समाज क्यालगारीको एक लाख ७१ हजार सहयोग

0
266

हुमाकान्त पोखरेल
जेठ १२,२०७८ः रोजगारीको लागि क्यानडामा रहेका गुल्मेलीहरुले नेपाल पत्रकार महासंघ, जिल्ला शाखा गुल्मीले संचालन गरेको अक्सिजन प्लान्ट अभियानको लागि आर्थिक सहयोग गरेका छन् ।
उनीहरुले गठन गरेको संस्था गुल्मी समाज क्यालगरीमार्फत पत्रकार महासंघलाई एक लाख ७१ हजार १३२ रुपैँया ७१ पैसा सहयोग गरेको संस्थाका अध्यक्ष राजेन्द्र गौतमले जानकारी दिए । संस्थाका सदस्य धर्मराज मरासिनीले जिल्लामै अक्सिजन प्लान्ट स्थापना गर्दा नागरिकले छिटो–छरिदो रुपमा सेवा पाउन सक्ने भएकोले सबैको सल्लाहमा उक्त रकम सहयोग गरेको बताए ।
अब सकेसम्म छिटो अक्सिजन प्लान्ट स्थापना गरी सेवा सुचारु गर्नुपर्ने उनले बताए । पत्रकार महासंघ, गुल्मीका अध्यक्ष टोपलाल अर्यालले भौतिक शरीर जहाँ भएपनि आफ्नो गाउँ सम्झेर अभियानमा सहयोग गरेकोमा गुल्मी समाज क्यालगोरीलाई धन्यवाद् दिए ।
संकलित रकममध्ये ६० लाख प्लान्ट खरिदको लागि गुल्मी अस्पताललाई प्रदान गरिएको अर्यालले बताए । महासंघका उपाध्यक्ष एवम् स्रोत व्यवस्थापन समिति संयोजक रेशम कुँवरले गुल्मी अस्पतालले सात दिनको म्याद राखेर प्लान्ट खरिदको लागि सुचना प्रकाशित गरिसकेको र उक्त कार्यमा आफुहरुले आवश्यक सहयोग र खबरदारी गर्ने बताए ।

SHARE