कोरोना जितेपछि अस्पताललाई ५० हजार सहयोग

0
315

जेठ९,२०७८पर्वत : कोरोना संक्रमित आफन्तलाई दिइएको सेवाबाट प्रभावित भएका संक्रमितको परिवारले पर्वत अस्पताललाई ५० हजार रुपैयाँ सहयोग गरेका छन्।

बागलुङ नगरपालिका–१४ नारायणस्थानस्थित कोलपाटा घर भई हाल कुस्मा बजार बस्दै आएका सावित्री र उनका श्रीमान् विष्णुप्रसाद श्रेष्ठले अस्पताललाई सहयोग गरेका हुन्। अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीका अनुसार उनीहरूको परिवारका एक सदस्यलाई कोरोना संक्रमण भएपछि पर्वत अस्पतालमा उपचार गरिएको थियो।

केही दिनको उपचारपछि आफन्तको रिपोर्ट नेगेटिभ आएको र अस्पतालमा रहँदा त्यहाँको व्यवस्थापकीय पक्ष र स्वास्थ्यकर्मीहरुले गरेको उचित ध्यानका कारण आफूलाई अस्पतालमा आर्थिक सहयोग गर्न मन लागेको सहयोगदाता सावित्रीले बताइन्।

SHARE