
जेठ८,२०७८ गुल्मी :नेपाल औषधी ब्यबसायी महासंघ गुल्मीका संस्थापक अध्यक्ष शेरबहादुर थापाले पत्रकार महासंघ गुल्मीले राज्यको आँखा खोलिदिएको बताएका छन् ।
नेपाल पत्रकार महासंघ गुल्मीको अभियान अन्र्तगत गुल्मी अस्पताल तम्घासलाई अक्सिजन कन्सन्टेटर हस्तान्तरण गर्ने क्रममा थापाले राज्यले गर्न नसकेको र ध्यान नदिएको कामलाई पत्रकारहरुले अभियान चलाएर राज्यको समेत आँखा खोलिदिएको बताएका छन्।
गुल्मीका औषधी ब्यबसायीहरुले एक लाख १५ हजार रुपैयाँ संकलन गरि पत्रकार महासंघ गुल्मीका अध्यक्ष र औषधी ब्यबसायीका अध्यक्ष लगायतले गुल्मी अस्पतालका डाक्टर उत्तम पच्यालाई अक्सिजन कन्सन्टेटर हस्तान्तरण गरेका हुन् ।
गुल्मेलीहरु दुःख पर्दा सधै एकजुट हुन्छन्ः अर्याल
नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्यालले महासंघले चलाएको अभियानमा औषधी ब्यबसायीहरुको ठुलो सहयोग रहेको बताउँदै धन्यबाद ब्यक्त गरे । गुल्मेलीहरु दुःख पर्दा सधै एकजुट हुने गरेको बताउँदै अभियानमा जोडिएर सहयोग गर्ने औषधी ब्यबसायीहरु लगायत गुल्मेलीहरु सबैलाई उनले आभार प्रकट गरे ।
आवश्यक परे अझै सहयोग गर्छौः श्रेष्ठ
यता औषधी ब्यबसायी महासंघ गुल्मीका अध्यक्ष महेश श्रेष्ठले माहामारीको समयमा अस्पताललाई अक्सिजन कन्सन्टेटर आवश्यक भएको महसुुस गर्दै सहयोग गरेको बताए ।
विगतमा पनि अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको स्मरण गर्दै आवश्यक परे अन्य सामग्री पनि सहयोग गर्ने उनले बताए ।
उपचारमा ठुलो सहयोग पुग्ने बिश्वास
यता गुल्मी अस्पतालका डाक्टर उत्तम पच्याले अक्सिजन कन्सन्टेटरले बिरामीहरुको उपचारमा ठुलो सहयोग पुग्ने बताए ।
पत्रकार महासंघ गुल्मीको अभियान देशकै उत्कृष्ट रहेको भन्दै पत्रकार महासंघ गुल्मीलाई आभार प्रकट गरे।
कार्यक्रममा गुल्मी जिल्लाका औषधी ब्यबसायीहरु ,प्रदेश सदस्य ,प्रदेश सल्लाहाकार लगायत पत्रकारहरुको उपस्थिती रहेको थियो ।







