रोटरी क्लबद्धारा रामपुर अस्पताललाई सहयोग

0
427

सुशीला रेग्मी
जेठ८,२०७८ पाल्पाःरोटरी क्लव रामपुर पाल्पाले रामपुर अस्पताललाई पिपिइसेट सहयोग गरेको छ ।
क्लबका अध्यक्ष राजुप्रसाद श्रेष्ठले नितान्त जनसेवा गर्ने क्लबले अस्पतालमा जोखिम मोलेर सेवा दिने स्वाश्थ्यकर्मीलाई चौध थान पिपिईसेट तथा फेससिल प्रदान गरिएको बताए । कोरोना भाइरसको जोखिम बढ्दो क्रममा निरन्तर नागरिकलाई स्वाश्थ्य सेवा प्रदान गर्ने स्वाश्थ्यकर्मी तथा एम्बुलेन्स चालकलाई समेत उपलब्ध हुने गरी स्वाश्थ्य सामाग्री प्रदान गरिएको अध्यक्ष श्रेष्ठको भनाई छ ।
अध्यक्ष श्रेष्ठकै अध्यक्षतामा भएको कार्यक्रममा रामपुर रामपुर अस्पताल संचालन विकास समितिका अध्यक्ष बासुदेव भट्टराईले कोभिड–१९ को संक्रमणकालिन विपद्को समयमा साधन श्रोतको कमी भएपनि जसोतसो सेवा दिएको बताउदै पिपिइसेट दिएर सहयोग गर्ने रोटरी क्लवलाई धन्यवाद दिए ।
अस्पतालका निमिक्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर विजय परियारले स्वास्थ्य सामाग्रीको अभावका विचपनि गुणस्तरिय सेवा प्रदान गरेको बताए । क्लबले जाडोको समयमा निस्दी गाउँपालिकाका विद्यालयमा न्यानो कपडा वितरण तथा केहिदिन अघि ईलाका प्रहरी कार्यालय रामपुरका सुरक्षाकर्मी तथा यस क्षेत्रका पत्रकार संचारकर्मीलाई मास्क, स्यानिटाइजर स्वास्थ्य सामाग्री सहयोग गरेको क्लबका उपाध्यक्ष रुद्रनारायण श्रेष्ठले जानकारी दिए । सामाग्री हस्तान्तरण कार्यक्रमको संचालन रोटरियन अर्जुन श्रेष्ठले गरेका थिए ।

SHARE