कालीगण्डकी फाउण्डेशनद्धारा रामपुर अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

0
825

सुशीला रेग्मी
जेठ७,२०७८पाल्पाःकालीगण्डकी फाउन्डेशन नेपालले रामपुर अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । कोभिडको महामारीमा बिरामीको सेवामा निरन्तर खटिएका अस्पतालका स्वास्थ्यर्मीलाई मध्यनजर गर्दै फाउण्डेशनले ७० थान पिपिई र पाँच सय पिस सर्जिकल मास्क जनप्रतिनिधि, अस्पताल संचालन विकास समिति, स्वास्थ्यकर्मी, पत्रकार लगायतको रोहबरमा हस्तान्तरण गरेको छ।
संस्थाका सल्लाहकार सन्दिप रानाको पहलमा भारतका विभित्र संघ संस्थाको सहयोगमा प्राप्त भएका सामग्री अस्पताललाई हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष निलकण्ठ भण्डारीले बताए ।
अध्यक्ष भण्डारीले नगरपालिकाका उपप्रमुख विष्णुदेवी घिमिरे आचार्य, अस्पताल विकास समितिका अध्यक्ष बासुदेव भट्टराई, निमिक्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर विजय परियारलाई सामग्री हस्तान्तरण गरे । नगर उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यले संस्थाले कोरोनाको महामारीको समयमा गरेको सहयोगप्रती धन्यवाद दिदै कोभिडको जोखिम बढ्दै गएको हुदा नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरिन् ।
अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर विजय परियारले टाढाबाट पनि सामान पठाएर सहयोग गरेमा संस्थालाई धन्यवाद दिदै विभिन्न संघ संस्थाले अहिले कोभिडको महामारीमा सामग्री सहयोग गर्नुभएको र यसले स्वास्थ्यकर्मीलाई काममा आत्मबल मिल्ने बताए । साथै उनले कोरोना संग लक्षण मिल्दोजुल्दो भएमा स्वास्थ्य संस्थामा सम्पर्क गरी स्वास्थ्यकर्मीको निगरानीमा बस्न सबै नागरिकलाई अनुरोध गरे ।
अस्पताल संचालन विकास समितिका अध्यक्ष बासुदेव भट्टराईले स्वास्थ्यकर्मी सुरक्षित रहेमा मात्रै नागरिकले राम्रो सेवा पाउने बताउनुहुदै अस्पतालमा विभिन्न संघ संस्थाबाट पनि सहयोगहरु प्राप्त भइरहेको बताए ।
रामपुर नगरपालिका वडा नं ५ का वडा अध्यक्ष तथा कोभिड रोकथाम तथा व्यवस्थापन समितिका अध्यक्ष हिमाल मल्लले रामपुरमा कोरोना सङ्क्रमीतका लागि नगरका वडा नं १, ९ र १० मा पाँच÷पाँच शैयाको आइसोलेशन कक्ष रहेको र रामपुर अस्पतालमा दस शैयाको आइसोलेशन कक्ष संचालनमा ल्याइएको जानकारी दिदै कोभिड रोकथाममा नगरपालिकाले अक्सिजन व्यवस्थापन देखि विभिन्न सामग्रीको बन्दोबस्त गरी अगाडि बढिरहेको बताए । उनले केही सङ्क्रमित व्यक्तिले नै सजगता नअनाउँदा भयावह हुने स्थिती रहेकाले पिसिआर परिक्षणको रिपोर्ट नआउँदा सम्म घरभित्रै बस्न अनुरोध गरे ।
भारतमा रहेका विभिन्न संघ संस्थाको सहयोगमा कालीगण्डकी फाउन्डेशन नेपाललाई पाँच सय थान पिपिई र पाँच हजार पिस मास्क प्राप्त भएको सामाग्री पाल्पाका विभिन्न स्थानीय तह तथा स्वास्थ्य संस्थालाई वितरण गर्ने कार्यक्रम रहेको सचिव सीता डोटेलले जानकारी दिइन् ।
उनले संस्थाले संचालन गरेको एम्बुलेन्स कोरोना सङ्क्रमित बिरामीलाई घरदेखि अस्पताल सम्म उपचारका निम्ति परिचालन गरिने बताइन् । यस संस्थाले सामाजिक क्षेत्रमा विभिन्न कार्यहरु पनि गर्दै आइरहेको छ ।

SHARE