पाल्पामा कोरोना परीक्षण कीट अभाव

0
368

जेठ५,२०७८पाल्पाः पाल्पा अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा कीट अभाव भएको छ। कीट नहुँदा कोभिड–१९ परीक्षणको सम्पूर्ण काम ठप्प छन्।​

होम आइसोलेसनमा बसेका संक्रमित परीक्षण गराउन नपाउँदा अलपत्र परेका छन्। कन्ट्र्याक ट्रेसिङमा परेकाले समेत समयमै परीक्षण गर्न पाएका छैनन्। कतिपय बुटवल पुगेर परीक्षण गर्न बाध्य छन्।

आइतबारदेखि कीट सकिएको अस्पतालका प्रमुख डाक्टर जगदीश कुँवरले बताए। दुई दिनदेखि परीक्षणको काम प्रभावित भएको हो। प्रयोगशालामा पिसिआर र आर एन ए एक्ट्रयाक्सन कीट सकिएको उनले बताए। ५ दिनअघि ल्याएको ५ सय थान कीट दुइ दिनमै सकिएको थियो।

स्वास्थ्य आपूर्ति केन्द्र टेकुबाट यी दुई कीट यहाँ ल्याउने गरिन्छ। ‘५ दिन पहिला २ हजार कीट माग गर्दा ५ सय मात्र आएको थियो’, उनले भने, ‘पछिल्लो समयमा आएको छैन। प्रयोगशालामा अहिले कीट नै छैन।’

SHARE