गुल्मी अस्पतालमा पाँच वेडको आइसियु संचालन गर्नका लागि २ करोड

0
393

जेठ५,२०७८गुल्मीः गुल्मी अस्पतालमा पाँच वेडको आइसियु संचालन गर्नका लागि २ करोड रुपैयाँ बजेट विनियोजन भएको छ।
नेपाल सरकार अर्थ मन्त्रालयबाट बुधबार सो रकम विनियोजन भएको हो । नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको पहलमा सो रकम विनियोजन भएको मन्त्रीका स्वकीय सचिब जंग नेपालीले जानकारी दिए ।

केही दिन अगाडी गुल्मी अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गर्नका लागि एक करोड रकम विनियोजन भएको थियो ।
जिल्लामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६१ पुगेको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या एक हजार एक सय रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । हालसम्म ३२९ जना संक्रमित उपचार पछि निको भएका छन्।

SHARE