श्रेष्ठ दाजुभाईद्धारा रामपुर अस्पताललाई आर्थिक सहयोग

0
512

सुशीला रेग्मी
जेठ ३,२०७८ पाल्पा :रामपुरका युवा व्यवसायी तथा सामाजिक क्षेत्रमा सक्रिय व्यक्ति अशोक श्रेष्ठ (बिशाल) र चन्द्रकुमार श्रेष्ठले रामपुर अस्पतालमा सिलिण्डर अक्सिजन भर्नका लागि आर्थिक सहयोग गरेका छन् ।
विश्वलाई नै प्रभावित बनाएको कोरोना भाइरस सङ्क्रमणको जोखिम परिस्थितीमा अस्पतालमा अक्सिजन आपूर्तिमा सहजता होस् भनी श्रेष्ठ दाजुभाईले आर्थिक सहयोग गरेका हुन् ।
आईतवार रामपुर अस्पतालमा पुगेर अस्पताल संचालक समितिका उपाध्यक्ष ईश्वरीदेवी खनाल र निमिक्त मेडिकल सुपरिटेण्डेन डाक्टर विजय परियारलाई संयुक्त रुपमा दशवटा अक्सिजन सिलिण्डर भर्न लाग्ने खर्च बापत रु आठ हजार रकम हस्तान्तरण गरे ।
रामपुर नगरपालिका वडा नं ५ को बेझाड बजारमा लामो समय देखि श्रेष्ठ ईलेक्टिल्स संचालन गर्दै आएका श्रेष्ठ दाजुभाईले विश्व नै कोभिड १९ को महामारीमा परेका बेला बिरामीको उपचारमा मलम लगाउन गरेको सहयोग प्रंशसनिय रहेको छ ।
अस्पताल संचालक समितिका उपाध्यक्ष खनाल र निमिक्त मेडिकल सुपरिटेण्डेन डाक्टर परियारले श्रेष्ठ दाजुभाईले गरेको सहयोगप्रति धन्यवाद ब्यक्त गरे ।
विश्व नै कोरोनाले प्रभावित बनेको अवस्थामा सबैले आ आफ्नो ठाउँबाट जति सकिन्छ सानो भएपनि सहयोग गर्न सक्यौँ भने बिरामीको उपचारमा ठुलो राहत पुग्नेछ भन्ने उद्धेश्यले सहयोग गरेको सहयोगदाता अशोक श्रेष्ठ (बिशाल) ले बताए ।

SHARE