रामपुर युवा क्लब र ट्राभल डेन्टिस्ट्री नेपालद्धारा पिपिई सेट सहयोग

0
492

सुशीला रेग्मी
रामपुर (पाल्पा), ३ जेठ
रामपुर युवा क्लब र ट्राभल डेन्टिस्ट्री नेपालद्धारा रामपुर अस्पताललाई स्वास्थ्य सामग्री पिपिई सेट र फेस शिल्ड हस्तान्तरण गरिएको छ । अस्पतालका स्वास्थ्यकर्मीलाई पन्ध्र थान पिपिई र फेस शिल्ड सहयोग गरिएको ट्राभल डेन्टिस्ट्री नेपालका अध्यक्ष तथा होराइजन डेण्टल क्लिनिक रामपुरका संचालक शकंर श्रेष्ठले जानकारी दिनुभयो ।
कोरोनाको महामारी बढ्दै गएको अवस्थामा कोरोना सङ्क्रमित बिरामीको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामग्री सहयोग गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
रामपुर अस्पतालका निमिक्त मेडिकल सुपरिटेण्डेन डाक्टर विजय परियारले कोरोना महामारीमा खटिएका स्वास्थ्यकर्मीलाई मध्यनजर गर्दै सहयोग गरेकोमा धन्यवाद दिनुभयो । साथै रामपुर युवा क्लबले रामपुर अस्पतालको कोभिड वार्डमा उपचाररत बिरामीलाई निशुल्क खाना समेत सहयोग गरिरहेको क्लबका सचिव सुन्दर कंडेलले बताउनुभयो ।

SHARE