रोटरी क्लब रामपुरले दियो संचारकर्मी र सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री

0
415

सुशीला रेग्मी
रामपुर (पाल्पा), ३ जेठ
रोटरी क्लब रामपुर पाल्पाले संचारकर्मी तथा सुरक्षाकर्मीलाई स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरेको छ । क्लबले विश्वभर महामारीको रुपमा फैलिएको दोस्रो चरणको कोरोना भाइरस सङ्क्रमणको बढ्दो जोखिम परिस्थितीमा अग्रपंक्तिमा रहेर काम गर्ने रामपुरका संचारकर्मी तथा सुरक्षाकर्मीलाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको हो ।
आईतवार नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई पालना गर्दै क्लबका अध्यक्ष राजुप्रसाद श्रेष्ठको अध्यक्षतामा एक कार्यक्रम गरी स्वास्थ्य सामग्री वितरण गरिएको छ । अध्यक्ष श्रेष्ठले नेपाल पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष सिर्जना घिमिरे र ईलाका प्रहरी कार्यालय रामपुरमा प्रहरी निरिक्षक भिमबहादुर कार्कीलाई मास्क, स्यानीटाइजर र गोलब्स हस्तान्तरण गर्नुभयो ।
संचारकर्मी र सुरक्षाकर्मीले कोभिड १९ को महामारी पनि नभनेर जोखिम मोलेर काम गरिरहेको हुदा क्लबले अग्रभागमा रहेर काम गर्ने व्यक्तिलाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको अध्यक्ष श्रेष्ठले बताउनुभएको छ ।

कोरोनाको जोखिम बढ्दै गइरहेको परिवेशमा संचारकर्मीलाई रोटरी क्लबले गरेको सहयोगप्रति नेपाल पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष सिर्जना घिमिरेले धन्यवाद दिनुभएको छ । उपाध्यक्ष घिमिरेले जोखिम बढ्दै गएपनि संचारकर्मीले सुचना संप्रेषणमा सक्रिय भएर लागेको बताउनुहुदै सबै संचारकर्मीलाई कोभिडको महामारीमा स्वास्थ्य सुरक्षा सामग्री प्रयोग गरी भौतिक दुरी कायम गरेर सजग रही काम गर्न आग्रह गर्नुभएको छ ।
ईलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरिक्षक भिमबहादुर कार्कीले रोटरी क्लबले स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेकोमा धन्यवाद दिदै सबैलाई कोभिडको महामारी फैलिदै गएको हुदा सतर्क रहन अनुरोध गर्नुभएको छ । कार्यक्रमको संचालन क्लबका नोमिनी प्रेसिडेण्ट सागरप्रसाद देवकोटाले गर्नुभएको हो ।
दुई महिना अघिमात्रै औपचारिक रुपमा रामपुरमा स्थापना भएको क्लबले यसभन्दा अघि निस्दी गाउँपालिकाको दुई विद्यालयमा न्यानो कपडा वितरण पनि गरेको छ । निस्दी गाउँपालिका वडा नं ३ क्याङ्गरुङ्ग स्थित लक्ष्मी माध्यमिक विद्यालय र वडा नं ४ मित्याल स्थित रुक्सेभन्ज्याङ्गको गौरी शकंर माध्यमिक विद्यालयका विपन्न, असहाय बालबालिकालाई जाडोको न्यानो कपडा वितरण गरिएको क्लबले जनाएको छ । क्लबले रामपुर अस्पतालका स्वास्थ्यकर्मीलाई पिपिई सेट वितरण गर्ने कार्यक्रम रहेको उपाध्यक्ष रुद्रनारायण श्रेष्ठले जानकारी दिनुभएको छ ।

SHARE