अक्सिजन प्लान्ट स्थापना गर्नका लागि बैकर्स क्लब गुल्मीको एकलाख दुई हजार सहयोग

0
547

जेठ ३,२०७८ गुल्मीः नेपाल पत्रकार महासंघ गुल्मीको अभियानमा स्थापना हुन लागेको अक्सिज प्लान्टका लागि बैकर्स क्लब गुल्मीले एक लाख दुई हजार सहयोग गरेको छ ।
क्लबले पत्रकार महासंघ गुल्मीको कार्यालयमा एक कार्याक्रमका बिच महासंघलाई उक्त रकमको चेक हस्तान्तरण गरेको हो ।
जसमा बैंक अफ काठमाण्डौले १५ हजार,ग्लोबल आइएमइले १५ हजार,प्रभु बैंकले १२ हजार,साइन रेसुंगाले १२ हजार,मुक्तिनाथ बैंकले ९ हजार,सनराइज बैंकले ८ हजार , एनएमबी बैंकले ८ हजार,मेगा बैंकले ८ हजार,कृर्षि बिकास बैंकले ६ हजार, नेपाल बैंकले ५ हजार र गरिमा बिकास बैंकले ४ हजार गरी कुल एकलाख दुई हजार रुपैयाँको चेक महासंघलाई हस्तान्तरण गरेको हो ।
चेक हस्तान्तरण गर्दै ग्लोबल आइएमई बैंकका प्रबन्धक योगेन्द्र रायमाझीले महासंघले चालेको कदममा आँफूहरुले पनि सानो भएपनि सहयोग गर्न पाउँदा खुसी लागेको बताए ।
यस माहामारीको समयमा अक्सिन नपाएर कसैको पनि अकालमै ज्यान नजावस भन्नका लागि यस अभियानले ठुलो सहयोग गरेको बताए। यस अभियानलाई निरन्तरता दिन, अन्य संघ संस्था र ब्यक्तिहरुलाई पनि यस अभियानमा जुटन रायमाझीले आग्रह गरे ।

SHARE