पाल्पामा बालिका करणीको आरोपमा दुई पुरुष पक्राउ

0
224

सुशीला रेग्मी
जेठ १,२०७८ पाल्पा : पाल्पामा बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा दुई पुरुष पक्राउ परेका छन् ।
तिनाऊ गाउँपालिका निवासी १३ वर्षीय बालिकालाई सोही गाउँपालिका बस्ने ४४ वर्षीय पूर्णचन्द्र बस्नेत र ४३ वर्षीय चन्द्रबहादुर विकलाई जबरजस्ती करणीको आरोपमा पक्राउ गरिएको छ ।
गत वैशाख ३० गते पीडित बालिकाको परिवारले जर्बजस्ती करणी गरेको प्रहरीलाई दिएको जाहेरीको आधारमा दुबै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
पक्राउ परेका आरोपित पुरुषलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

SHARE