पत्रकार महासंघ गुल्मीद्धारा तम्घास अस्पताललाई २० सिलिन्डर अक्सिजन प्रदान

0
633

सूर्य सुनार
जेठ १ ,२०७८गुल्मी :नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीले अक्सिजन अभाव हुन् नदिनका लागि शनिबार तम्घास अस्पताललाई २० सिलिन्डर अक्सिजन प्रदान गरेको छ ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीका अध्यक्ष टोपलाल अर्यालले अस्पतालका प्रमुख डाक्टर उत्तम पच्यालाई शनिबार अक्सिजन हस्तान्तरण गरेका हुन् । अक्सिजनको अभाव भइरहेको बेला नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीले २० सिलिन्डर अक्सिजन प्रदान गरेको प्रति डाक्टर पच्याले धन्यवाद व्यक्त गरेका थिए ।
अक्सिजन अभाव हुन नदिन नेपाल पत्रकार महासंघ गुल्मीले अक्सिजन अभियान सञ्चालन गरेको छ । यो अभियानमा सबैले सहकार्य गरी सहयोग गर्न अर्यालले आग्रह गरे । अक्सिन अभियानमा शनिबार विहानसम्म झण्डै २५ लाख संकलन भएको छ । शनिबार १ जना संक्रमितलाई अक्सिजन अभाव भए पछि नेपाल पत्रकार महासंघ गुल्मीले अक्सिजन दिएर काठमाडौँ पठाएको अर्यालले बताए ।

SHARE