रामपुर युवा क्लबले सङ्क्रमितलाई निशुल्क खाना खुवाउँदै

0
319

सुशीला रेग्मी
रामपुर (पाल्पा), ३१ वैशाख :रामपुर अस्पतालमा उपचाररत कोरोना सङ्क्रमित बिरामीलाई निशुल्क खाना खुवाउन सुरु गरिएको छ ।
कोरोना सङ्क्रमित बिरामीका लागि होटल व्यवसायीले खाना खुवाउन नमानेपछि रामपुर युवा क्लबले बिहान साँभmको खुवाउन थालेको हो । अस्पतालको आइसोलेशनमा रहेका बिरामी, बिरामीका कुरुवा, उपचारमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा अन्य कर्मचारी गरी नौ जनालाई निशुल्क खाना खुवाउन सुरु गरिएको रामपुर युवा क्लबका अध्यक्ष छमबहादुर दरैले जानकारी दिए ।
अस्पताल आसपासमा रहेका होटल व्यवसायीले आफुहरुमा पनि सङ्क्रमण सर्ने डरले खाना खुवाउन अस्वीकार गरेको बिरामीका आफन्तले बताएका छन् । टाढाका बिरामीलाई घरबाटै खाना पकाएर अस्पतालसम्म ल्याउन अप्ठ्यारो स्थिती र होटलहरुले पनि खाना खुवाउन नमानेको बिरामीका आफन्तले गुनासो पोखेपछि हामी आफैले अस्पतालमा खानाको व्यवस्था गरिदिएको क्लबका सचिव सुन्दर कंडेलले बताए ।
रामपुर युवा क्लबका सदस्य तथा होराइजन डेण्टल क्लिनिक रामपुरका संचालक डाक्टर शंकर श्रेष्ठ, क्लबका सदस्यहरु सन्दिप गौतम र गोबिन्द भट्टराई लगायतको टोलीले बिहीवार साँझ बिरामीलाई लिएर गएको खाना अस्पतालका निमिक्त मेडिकल सुपरिटेण्डेन डाक्टर विजय परियारलाई हस्तान्तरण गरिएको थियो ।
जनशक्ति अभावका कारण तत्काल खानाको व्यवस्थापन गर्नका लागि अप्ठ्यारो परेको अवस्थामा क्लबले गरेको कार्य प्रति रामपुर अस्पतालका निमिक्त मेडिकल सुपरिटेण्डेन्ट डाक्टर परियारले धन्यवाद दिए ।
अस्पतालले आफ्नै व्यवस्थापनमा निर्माणाधिन पचास शैयाको भवनमा दश शैयाको अक्सिजन सहितको आइसोलेशन कक्ष तयार पारेको छ । अहिले यहाँ दुई जना कोरोना सङ्क्रमित बिरामी उपचाररत छन् । अस्पतालले आफ्नै व्यवस्थापनमा तीस वटा अक्सिजन व्यवस्था गरेको छ ।

SHARE