समाजसेवी भण्डारीद्वारा १० थान अक्सिजन सिलिण्डर महासंघलाई दिने घोषणा

0
370

हुमाकान्त पोखरेल
गुल्मी, २९ वैशाख :नेपाल पत्रकार महासंघ, जिल्ला शाखा गुल्मीले संचालन गरेको अक्सिजन अभियानमा सहयोग जुट्ने क्रम जारी छ । दाताहरूले स्वतह ,स्फुर्त रूपमा सहयोगको घोषणा गरिरहेका छन् । यसैक्रममा मालिका गाउँपालिका ५ छापहिले निवासी समाजसेवी भिमकान्त भण्डारीले दुई लाख पचास हजार बराबरको १० थान अक्सिजन सिलिण्डर प्रदान गर्ने घोषणा गरेका छन् ।
उक्त सिलिण्डर आइतबारसम्म तम्घास आइपुग्ने पत्रकार महासंघ, गुल्मीका निवर्तमान अध्यक्ष नवराज भुसालले बताए । अक्सिजन नपाएर अल्पायुमै बिरामीको ज्यान जाने अवस्थाको न्यूनिकरणका लागि महासंघले सुरू गरेको अभियानमा आँफुले इट्टा थप्ने काम गरेको भण्डारीले बताए ।

SHARE