लायन्स क्लबद्धारा अक्सिजन सिलिण्डर सहयोग

0
248

सुशीला रेग्मी
रामपुर (पाल्पा), २९ वैशाख : लायन्स क्लब अफ रामपुरले रामपुर नगरपालिकालाई अक्सिजन सिलिण्डर सहयोग गरेको छ । नगरपालिकालाई चार वटा भरिएको र सोह« वटा खाली सिलिण्डर गरी वीस वटा अक्सिजन सिलिण्डर उपलब्ध गराइएको क्लबका अध्यक्ष पुरुषोत्तम केसीले जानकारी दिए ।
कोरोनाको महामारीको यस परिस्थितीमा लायन्स क्लबले नगरपालिका प्रति गरेको सहयोगलाई नगर प्रमुख रमणबहादुर थापाले धन्यवाद दिए । उनले रामपुर नगरले हाल वीस वटा अक्सिजन सिलिण्डरको व्यवस्था गरिसकेको बताए ।
नगरपालिकाले कोरोनाको महामारीलाई मध्यनजर गर्दै पचास वटा ठुला अक्सिजन सिलिण्डरको बन्दोबस्त गर्ने नगर प्रमुख थापाको भनाई छ ।
लायन्स क्लबले कोरोनाको महामारीमा सङ्क्रमित बिरामीले अक्सिजन अभावमा तड्पिन नपरोस् भनी उद्योगी व्यवसायीहरुलाई आग्रह गरेर सिलिण्डर संकलन गरी नगरपालिकालाई उपलब्ध गराएको हो ।
सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको यस क्लबले गतवर्षको कोरोनाको महामारीमा आपतविपतमा परेका विपन्न, गरिव, असहाय, अपाङ्ग नागरिकलाई फुड बैंक संचालन गरी खाद्यान्न सामग्री सहयोग गरेको थियो ।

SHARE