८ बर्षमा २४१ दुर्घटना : १५२ जनाको मृत्यु, ३८७ गम्भिर घाइते

0
296

हुमाकान्त पोखरेल, गुल्मी कार्तिक १४।
गुल्मीमा सवारी दुर्घटना सम्बन्धी डरलाग्दो तथ्य फेला परेको छ। जिल्लामा सवारीको चाप बढेसँगै दुर्घटना हुने दर र मानिसको मृत्यु सङ्ख्या पनि बढ्दै गएको हो । जिल्ला ट्राफिक प्रहरीको विगत आठ बर्ष अर्थात आर्थिक बर्ष २०६८/०७९ को तथ्याङ्क हेर्ने हो भने जिल्लामा कुल २४१ सवारी दुर्घटना भएका छन् ।

सोहि दुर्घटनामा परि १५२ जनाले ज्यान गुमाएका छन् भने ३८७ जना गम्भिर घाइते भएका छन् । दुर्घटनामा सबैभन्दा धेरै जीप÷कार ३७.९२ प्रतिशत अर्थात ८९ वटा दुर्घटनामा परेका छन् । भने ज्यान गुमाउनेमा सबैभन्दा धेरै पुरुष ६६.४४ प्रतिशत अर्थात १०१ जना पुरुषको ज्यान गएको छ । त्यस्तै विगत आठ बर्षमा महिला ३४ र बालबालिका १७ जनाले ज्यान गुमाएका छन् ।

आर्थिक बर्ष ०६८/०६९ मा कुल २३ दुर्घटनामा परि १८ जनाले ज्यान गुमाएका छन् भने २३ जना गम्भिर घाइते भएका छन् । ज्यान गुमाउनेमध्ये पुरुष १४ जना, महिला र बालबालिका दुई/दुई जना रहेका छन् । गम्भिर घाइतेमध्ये १७ पुरुष, पाचँ महिला र एक बालबालिका रहेका छन् । सोहि बर्षमा ट्रक र ट्याक्टर तीन/तीन वटा, बस र जीप एक÷एक वटा तथा मोटरसाईकल सातवटा दुर्घटनामा परेका छन् ।

आर्थिक बर्ष ०६९/७० मा एउटा ट्रक, तीनवटा बस, १६ वटा जीप, १३ वटा ट्याक्टर र १४ वटा मोटरसाईकल गरी कुल ४७ दुर्घटना भए । उक्त दुर्घटना आर्थिक बर्ष ०६८/०६९ देखी ०७५/७६ सम्मकै उच्च दुर्घटना भएको बर्ष हो । सोहि बर्षमा कुल ३१ जनाले ज्यान गुमाए भने १०६ जना गम्भिर घाइते भए। ज्यान गुमाउनेमध्ये १९ पुरुष, ११ महिला र एक बालबालिका रहेका छन् । भने गम्भिर घाइतेमध्ये ६७ पुरुष, ३१ महिला र आठजना बालबालिका रहेका छन् ।

आर्थिक बर्ष ०७०/७१ मा भएका ४६ दुर्घटनामा परि १८ जनाले ज्यान गुमाए भने ८५ जना गम्भिर घाइते भए । दुर्घटना भएका सवारीमध्ये १८ वटा जीप, बस र ट्याक्टर छ/छ वटा, ट्रक तीनवटा तथा मोटरसाईकल १३ वटा रहेका छन् । त्यस्तै ज्यान गुमाउनेमध्ये पुरुष १० जना, महिला छ जना र बालबालिका दुईजना रहेका छन् । भने गम्भिर घाइते हुनेमध्ये पुरुष ४२ जना, महिला ३० जना र बालबालिका १३ जना रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका हवल्दार देवी पौडेलले जानकारी दिए ।

आर्थिक बर्ष ०७१/७२ मा कुल ४० वटा सवारी दुर्घटना भए । दुर्घटनामा परि १७ मानिसको मृत्यु भयो भने ४९ जना गम्भिर घाइते भए । दुर्घटनामा परेका सवारीमध्ये जीप/कार १६ वटा, ट्याक्टर १० वटा, मोटरसाईकल सातवटा, ट्रक चारवटा, बस एउटा तथा अन्य सवारी दुईवटा रहेका छन् । त्यस्तै ज्यान गुमाउनेमध्ये पुरुष ११ जना, बालबालिका पाचँजना तथा एकजना महिला रहेका छन् । गम्भिर घाइतेमध्ये २७ पुरुष, १५ महिला र सात बालबालिका रहेका छन् ।

सोहि आर्थिक बर्षमा ३९ जना सामान्य घाइते भएका छन् । जसमध्ये १६ पुरुष, ११ महिला तथा १२ बालबालिका रहेका छन् । आ.व. ०७२/७३ मा जीप सातवटा, मोटरसाईकल ११ वटा, ट्याक्टर छ वटा तथा बस पाँचवटा गरी कुल २८ सवारी दुर्घटना भए । दुर्घटनामा परि १९ जनाले ज्यान गुमाए । ३७ जना गम्भिर घाइते भए भने १४ जना सामान्य घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । मृत्यु हुनेमध्ये १५ पुरुष तथा महिला र बालबालिका दुई/दुईजना रहेका छन् । गम्भिर घाइते हुनेमध्ये २८ पुरुष, आठ महिला र एक बालबालिका रहेका छन् । भने सामान्य घाइते हुनेमध्ये पुरुष र महिला छ/छ जना तथा बालबालिका दुईजना रहेका छन् । आ.व. ०७३/७४ मा ट्रक र बस दुई/दुईवटा, जीप र ट्याक्टर सात/सातवटा तथा मोटरसाईकल तीनवटा दुर्घटना भए । दुर्घटनामा परि कुल ११ जनाको ज्यान गयो । २६ जना गम्भिर घाइते भए भने १६ जना सामान्य घाइते भए ।

आ.व. ०७४/७५ मा एक डोजर, दुई बस, चार जीप तथा पाँच/पाँच वटा ट्याक्टर र मोटरसाईकल गरी कुल १७ सवारी साधन दुर्घटनामा परे । दुर्घटनामा परि १४ पुरुष र पाचँ महिला गरी १९ जनाको मृत्यु भयो । त्यस्तै १७ पुरुष, छ महिला र पाचँ बालबालिका गरी कुल २८ जना गम्भिर घाइते भए । भने १७ पुरुष, चार बालबालिका र एक महिला गरी कुल २२ जना सामान्य घाइते भए । त्यस्तै आ.व. ०७५/७६ मा दुर्घटना भएका २९ सवारीमा परि १९ जनाको ज्यान जानुका साथै ३३ जना गम्भिर र २५ जना सामान्य घाइते भए । दुर्घटनामा परेका सवारीमध्ये जीप/कार १२ वटा छन् । त्यस्तै ट्याक्टर १०, मोटरसाईकल ६ तथा एउटा बस दुर्घटना भयो ।

ज्यान गुमाउनेमध्ये पुरुष ११ जना तथा महिला र बालबालिका चार÷चार जना रहेका छन् । गम्भिर घाइतेमध्ये १७ पुरुष, १० महिला तथा ६ जना बालबालिका रहेका छन् । भने सामान्य घाइतेमध्ये ११ पुरुष तथा महिला र बालबालिका सात/सातजना रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका हवल्दार पौड्यालले जानकारी दिए ।

SHARE