संक्रमितलाई हेली मार्फत थप उपचारका लागि चितवन लगियो

0
485

बैशाख२७,२०७८ गुल्मी : तम्घास अस्पतालमा उपचाररत एक कोरोना संक्रमितलाई थप उपचारका लागि चितवन लगिएको छ ।
रेसुंगा नगरपालिका वडा नम्बर ७ का ६७ बर्षका एक पुरुषलाई थप उपचारका लागि चितवन मेडिकल कलेजमा प्रभुको हेलीमार्फत लगिएको वडा अध्यक्ष मोहोनप्रसाद पाण्डेले जानकारी दिए ।
गएराती स्वास्थ्यमा समस्या देखिएपछि बिहान उनलाई तम्घास अस्पतालमा ल्याइएको थियो । उनमा एन्टिजेन परीक्षण गर्दा संक्रमण देखिएको र उनको स्वास्थ्यमा थप समस्या देखिएपछि थप उपचारका लागि चितवन पठाइएको हो ।
गुल्मीमा पछिल्लो चरणको संक्रमणका कारण २७ जनाको ज्यान गइसकेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । जिल्लामा अहिले संक्रिय संक्रमितको संख्या ६०१ जना रहेको कार्यालयले जनाएको छ ।

SHARE