गुल्मीमा जिप दुर्घटना २ को मृत्यु ३ घाइते, मृतक र घाइतेको पहिचान खुल्यो

0
276

गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ९ ददल्कामा लु १ च ३५१४ नम्बरको जिप दुर्घटना हुदाँ २ जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन । मृत्यु हुनेमा मुसिकोट नगरपालिका वडा नम्बर ९ अर्लाङकोटका ७५ बर्षिय राम प्रसाद खरेल र रेसुङ्गा नगरपालिका ३ की ५८ बर्षिया मसुरी बिक रहेका छन । घाइते हुनेमा मसिकोट नगरपालिका ७ का २३ बर्षिय भानुभक्त पौडेल, मुसिकोट ९ की ८ बर्षिया सोनिया बि.क र मुसिकोट ९ कै ३५ बर्षिय बिष्णु बि.क छन । घाइतेलाई उपचारको लागी बाग्लुङ्ग हटिया लगिएको छ भने शवहरुलाई पोष्टमर्टमको लागी जिल्ला सदरमुकाम तम्घास ल्याइदै छ ।

SHARE