कोरोनाको सचेतनामुलक अभियानमा दुर दृष्टि युवा क्लबको अभियान

0
310

सुशीला रेग्मी
वैशाख २५,२०७८ पाल्पा : विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहर बढ्दो छ । गाउँ गाउँमा पनि सङ्क्रमणको दर बढ्दै गएपछि नागरिकलाई सचेत रहन दुर दृष्टि युवा क्लब रामपुर नगरपालिका वडा नं ८ पाल्पाले सचेत बनाउन थालेको छ । क्लवले वडासंग सिमाना जोडिएका क्षेत्रमा सचेतना बोर्ड राखेर सचेतामुलक कार्यक्रम सुरु गरेको छ ।
कालीगण्डकी करिडोर सडकखण्ड अन्तर्गत पुर्वमा वडाको तुरुन्दे खोला र पश्चिममा निसर्दी भाल्टार सिमा नाकामा कोरोना भाइरस सङ्क्रमणको सचेतना जगाउने दुईवटा बोर्ड राखिएको छ । हालसालै गठन भएको क्लबले टोल टोलमा पुगेर कोरोना सचेतना कार्यक्रम गर्ने क्लबका अध्यक्ष भुवन अर्यालले जानकारी दिए ।
“वडाभित्र प्रवेश गर्ने नाकामा सचेतना बोर्ड राखेर कार्यक्रम सुरु गरेका छौँ, वडामा प्रवेशमा नााागरिकलाई कडाई गरिनेछ, बिना मास्क हिड्डुल गर्न दिइने छैन, टोल टोलमा गएर स्वास्थ्य सुरक्षा सामग्रीको प्रयोग गर्न सिकाउने, घरबाट बाहिर ननिस्कन अनुरोध गर्नेे जस्ता सचेतनामुलक कार्यक्रम गर्दैछौँ” अध्यक्ष अर्यालले भने ।
रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापा, वडा अध्यक्ष बोमबहादुर नामजाली, वडा सदस्य मोहनप्रसाद श्रेष्ठ, क्लबका पदाधिकारी, क्लबका पदाधिकारी लगायतको सहभागीतामा सचेतना बोर्ड राखिएको हो ।
सामाजिक क्षेत्रमा रहेर काम गर्ने अभिप्रायका साथ क्लब स्थापना गरिएको हो । क्लवले गरेको यस कार्य प्रशंसनिय रहेको बताउँदै कोरोनाको लहर बढ्दो रहेको हुदा सचेत रहन सबै नागरिकलाई नगर प्रमुख रमणबहादुर थापाले अनुरोध गरेका छन् । वडा अध्यक्ष बोमबहादुर नामजालीले युवाक्लबले सुरु गरेको यस अभियानमा वडाले सहयोग गर्ने बताए ।

SHARE