बैशाख २३,२०७८ पाल्पाः संक्रमण बढदै गएपछि पाल्पामा निषेधाज्ञा थपिएको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बिहीबारको बैठकले कोरोना संक्रमणको दोस्रो लहर समुदायस्तरमै फैलिएको भन्दै निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको हो ।
यस अघिको निषेधाज्ञा वैशाख २४ गते राती १२ बजेपछि सकिदै छ । प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेको अध्यक्षतामा बसेको डिसीसीएमसीको बैंठकले संक्रमण समुदायमै फैलिएपछि वैशाख २४ गते शुक्रबार राति १२ बजेदेखि जेठ ४ गते राति १२ बजेसम्म निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको छ ।