पाल्पामा ट्याक्टर दुर्घटनामा एकको मृत्यु

0
266

सुशीला रेग्मी
रामपुर (पाल्पा), २३ वैशाख : पाल्पाको रम्भा गाउँपालिका ३ पिपलडाँडामा बुधबार साँझ ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक घाईते भएका छन् ।
कालीगण्डकी करिडोरको जिरो कि.मी. बाट रम्भा गाउँपालिका ३ पिपलडाँडातर्फ ढुङ्गा लिएर जादै गरेको लु ३ त ६८९९ नम्वरको ट्याक्टर बुधवार साँभm करिब साढे ६ बजे दुर्घटना हुदा बगनासकाली गाउँपालिका ६ बस्ने २२ वर्षीय जिवन न्यौपानेको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले जानकारी दिए ।
घाईते हुनेमा रम्भा गाउँपालिका वडा नं ३ का ४० वर्षीय हरी बस्याललाई थप उपचारको लागि बुधवार नै लुम्बिनी मेडिकल कलेज प्रभास पठाइएको र उनको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
ट्याक्टर सडकबाट करिव एक सय मिटर तल खसेको छ । ट्याक्टरका चालक भने फरार रहेका छन् । प्रहरीले ट्याक्टर चालकको खोजीकार्य र घटनाको सम्बन्धमा अनुसन्धान गरिरहेको जनाएको छ ।

SHARE